arrow

ज्यामिरगढीको प्लाइ उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर

logo
युवराज रेग्मी,
प्रकाशित २०८० फागुन २८ सोमबार
fire-gyamirgadi.jpg

झापा । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको प्लाई उद्योगमा आज बिहान ५ बजे देखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । 

झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि झापाका विभिन्न पालिकाका १० वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै आगो नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । 

आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए ।

 उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने नेपालकै सबैभन्दा ठुलो दाबी गरिएको उक्त उद्योगीमा करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ