arrow

मोटरसाइकल दुर्घटनामा २० वर्षे युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
Accident-sign.jpg

पोखरा । पोखराको हेमजामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रोल्पाकाे सुनसरी गाउँपालिका घर भएका २० वर्षीय दिनेश बुढामगर रहेका छन् ।

आइतबार साँझ ७ः४५ बजे हेमजाबाट पोखरा आउनेक्रममा सापकोटाचोकमा उनी सवार ग ३ प ९०२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति ८ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ