arrow

मन्त्रिपरिषद् बैठकको निर्णय

तीन प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस [भिडियो] 

मन्त्रिपरिषद्का विभिन्न समिति निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
rekha-sharma-new-11-27.jpg

काठमाडौँ । सरकारले तीन प्रदेश प्रमुखलाई हटाउने भएको छ । मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । 

सरकारले तीन प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

बैठकले मधेस प्रदेशका हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर क्रमशः सुमित्रा भण्डारी, डिल्लीराज भट्ट र नजिर मियालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

उनले भनिन् – ‘गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । रिक्त हुने प्रदेश प्रमुखका पदहरूमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नको निम्ति मधेस प्रदेशको लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको लागि नजिर मियाँलाई मनोनयनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।' 

 त्यस्तै मन्त्रिपरिषद्का विभिन्न समितिहरू समेत बनाइएको छ । मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताइन् । त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ