arrow

माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
prachanda-madhavs.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ । 

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो । 

साथै सोही छलफलमा राष्ट्रिय सभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवारका पक्षमा मतदान गर्न सहमत भएको छ ।

 प्रधानमन्त्री प्रचण्डले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् । 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तीन वर्षदेखि प्रचण्डलाई बोक्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ