arrow

प्रधानमन्त्रीले विश्वासको मत लिदै

ओली र प्रचण्डले फकाए नेपाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
oli-prachanda-nepal-final.jpg

काठमाडौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनु अघि अड्को थापेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दुई अध्यक्षले फकाएका छन् । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष नेपाललाई फकाएका हुन् । 

छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसद्मा लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए । 

साथै नेपालले राखेका मागहरूमा छलफलपछि प्रचण्डलाई विश्वासको मत दिन नेपाल सहमत भएका छन् । 

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनाएको थियो । योसँगै नेपाललाई बालुवाटारमा बोलाएर विश्वासको मत दिन सहमत गराएका हुन् । 

नयाँ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । बहुमतका लागि प्रचण्डलाई १३८ मत चाहिन्छ ।

यही फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादी थपिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ