arrow

कर्णालीको पुल अझै केही दिन बन्द, अध्ययन चल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
karnali-bridge-damage.jpg

कैलाली । गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ । पुल अझै केहि दिन बन्द रहने भएको छ । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो । 

 सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले मंगलबार कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो । 

पुल बन्द भएपछि टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियो । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो ।

सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ