arrow

कोहली टी–२० विश्वकपबाट बाहिरिन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
virat-kohli-2023-11-05.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय क्रिकेट खेलाडी विराट कोहली आगामी जुनमा हुने टी–२० विश्वकप क्रिकेटबाट बाहिरिन सक्ने सम्भावना बढेको बताइएको छ । द टेलिग्राफका अनुसार राष्ट्रिय चयन समिति र टीम व्यवस्थापनले कोहलीलाई विश्वकपको टिमबाट हटाउने निर्णय गरेको छ । 

३५ वर्षीय कोहलीलाई इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेमात्र विश्वकपको टिममा राख्नेबारे सोच्न सकिने बताइएको छ । 

उनी पछिल्लो दुई महिनादेखि घरबिदामा छन् । उनको दोस्रो सन्तान भएका कारण उनले बिदा लिएका हुन् । 

कोहलीले टी–२० विश्वकपमा अहिलेसम्म २७ खेलमा एक हजार १४१ रन बनाइसकेका छन् । 

विश्वकपमा कोहली नभए उनको स्थान सूर्यकुमार यादव, शुबमन गिल वा रिंकु सिंहले लिन सक्नेछन् । 

कोहलीले अन्तिम अन्तर्राष्ट्रिय खेल गत १७ जनवरीमा अफगानिस्तानविरुद्ध खेलेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ