arrow

माछापुच्छ्रे बैंकले पोखराका बिगमार्टमा १० प्रतिशत छुट दिने  

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
machhapuchhre-logo.jpg
तस्बिर – फाइल ।

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । 

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो । 

बैंकले ग्राहकले डेबिट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक बिगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा उपलब्ध रहेको बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । 

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको बैंकको दाबी छ ।  

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ