arrow

नरमायाको शव मलखाडीमा, अनन्तलालको सड्न लागेको अवस्थामा फेला

logo
युवराज रेग्मी,
प्रकाशित २०८० चैत १ बिहिबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । झापाको गौरादह नगरपालिका वडा न ७ स्थित योगिटार निवासी ८२ वर्षिया जेष्ठ नागरिक नरमाया विश्वकर्माको हत्या भएको छ । हत्या गरी घर पछाडिको मलखाडीमा उनको शव पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

निज नरमाया फागुन २५ गतेदेखि सम्पर्क विहिन रहेकी थिइन् । उनको हत्याको अभियोगमा मृतकको नाति धिरज विश्वकर्मा र उसका साथीहरू टङ्क दर्नाल , राजु मल्लिक र बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मृतक महिलाको साथमा रहेको सामाजिक सुरक्षा भत्ता र सुनका गरगहना हात पार्नको लागि साथीहरूसँग मिलेर उनकै नातिले हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

त्यसैगरी बुधबारनै झापाको गौरादहकै छिमेकी पालिका गौरिगन्ज गाउँपालिका वडा न ४ हुक्कागाछीका स्थानिय अनन्तलाल साहु मृत अवस्थामा भेटिएका छन् । विगत १० दिनदेखि बेपत्ता अनन्तलाल आज मृत अवस्थामा भेटिएका हुन । 

अन्दाजी ५४ बर्षिय अनन्तलाल गत फाल्गुन २० गते आइतबार राती देखि बेपत्ता रहेका थिए । उनको शव घरनजिकै पैनिमा छोपिएको अवस्थामा भेटिएको हो । 

 कुहिएर सड्न लागेको अवस्थाको सबबाट दुर्गन्ध आएपश्चात् उक्त स्थानमा हेर्दा निज अनन्तलालको सब उनले लगाएको पोसाकको आधारमा पहिचान गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ