arrow

लघुवित्त पीडितसँगको वार्ता आज निष्कर्षमा पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
laghubitiya-pidit.jpg

काठमाडौँ ।  आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज बिहान वार्ता हुँदैछ । 

हिजो अर्थ मन्त्रालयमा भएको छलफलपछि आज बिहान पुनः भएको हो । 

सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको बताइएको छ । 

सरकारले मन्त्रालयका सह सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा समिति गठन गरेको छ । 

 मन्त्रालयद्वारा गठित वार्ता समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरूले आजसम्मको समय मागेपछि बिहीबारको छलफल सकिएको थियो । 

द्विपक्षीय छलफलमा पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैङ्कबाट भएको प्रयास बारे जानकारी गराइएको थियो । 

त्यस्तै, राष्ट्र बैङ्कको नियमनभित्र रहेका लघुवित्त संस्थाहरूले तोकिएको भन्दा बढी ब्याज र सेवा शुल्क नपाउने व्यवस्था कडाइका साथ लागु भइरहेको जानकारी पनि राष्ट्र बैङ्कले गराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ