arrow

मुगुमा पहिलो पटक बौद्ध शिक्षाको पढाइ 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० चैत २ शुक्रबार
boudha-education-mugu.jpg

मुगु । जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिका वडा  नं ३  चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । मुगु जिल्लामा हालसम्म सरकारी  निकाय, स्थानीय तहबाट बौद्ध शिक्षाको पढाइको लागि कुनै पहल नभएपछि निजी लगानीमा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो ।  

बौद्ध शिक्षा पढ्नको लागि मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू बर्सेनि ५० देखि एक सय जनासम्म काठमाडौँ र भारत जाने गर्दछन् ।  

रिम्बोचे हिस्से साम्फो र उनकी पत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा गुम्बा निर्माण भएको र यही ओर्गेन डोढुल लिङ गुम्बामा पूजाआजा र  बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताए ।

नयाँ गुम्बाको निर्माण कार्य पूरा भएपछि छोङ्ढुप पूजाको कार्यक्रममा विधिवत रूपमा गुम्बा उद्घाटन गरिएको छ । नव निर्मित गुम्बाको लागत भने गोप्य राखिएको  छ । 

जिल्ला बाहिर गएर बौद्ध शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था भए पनि अबदेखि आफ्नै ठाउँमा बौद्ध शिक्षा शुरू हुने भएपछि स्थानीय लामा समुदायका मानिसहरू खुशी भएका छन् ।

अब हाम्रो  बालबालिकाहरू हाम्रै  ठाउँबाट  बौद्ध पढाइ हुने भएकोमा हामी खुशी छौँ । अब काठमाडौँ, भारत जानु पर्ने बाध्यता छैन । वडा नं ४ कार्तिक गाउँका दाक्पा तामाङले बताए । 

अब हामीहरूको लागि धेरै सहज भयो देवता, लामाको पूजा, आजा, र प्राथाना गर्नसमेत सहज भएको तामाङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ