arrow

सुन तस्करीबारे आयोगको प्रतिवेदनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक साँझ बस्ने भएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । 

आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । यो प्रतिवेदनअनुसार सत्ताधारी माओवादी केन्द्रका शीर्ष नेताहरु नै यो काण्डमा मुछिए पनि कसैलाई कारबाही भएको छैन । उनीहरुलाई अनुसन्धानको दायरामासमेत राखिएको छैन । 

त्यसैगरी एमालेका नेता एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साथै विभिन्न उच्च ओहदाका कर्मचारीसमेत परेका छन् । 

यो विषयमा बिहानमात्रै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी दोषीलाई उम्कन नदिने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताइएको छ । 

यद्यपि मिलेमतोमै यो घटनालाई सुल्झाउने प्रयास हुन सक्ने आशंका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ