arrow

सुन तस्करी प्रकरण

आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले गर्‍यो दुई निर्णय [भिडियो]

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
rekha-sharma-12-02.jpg

काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुई प्रमुख निर्णय गरेको छ । सरकारले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व परिवर्तन गरेर नयाँलाई नियुक्त गरेको छ  । 

मन्त्रिपरिषद् बैठकले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख (एआईजी) किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यालय कार्य विभागमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनले सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही सिफारिस भएसँगै प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने र नियमित सुरुवाको प्रक्रिया अनुसार सुरुवा गरिएको बताइन् । उनले मन्त्रिपरिषद्ले गरेको सरुवालाई कारबाहीको रूपमा नभएर नियमित प्रक्रिया भएको दाबी गरिन् । मन्त्री शर्माले सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन्।

उनले भनिन्, ‘सुनको अवैध पैठारीका विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाएका थियौँ । आयोगले गृहमन्त्रीलाई बुझाएको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा र केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्यलाई केन्द्रीय कार्यालयको कार्य विभागमा सरुवा गर्ने निर्णय भएको छ । सुन प्रकरणमा सरकारको धारणा दोषी कोही पनि छुट्नु हुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भन्ने छ । यो धारणामा को व्यक्ति कसको भन्ने कुरा हुँदैन । प्रमाणले पुगेपछि जो सुकै पनि कारबाहीको दायरामा आउनु स्वाभाविक हो । जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सन्दर्भमा र नियमित सुरुवा हो । नयाँ नेतृत्व आउँदा सहज हुन्छ भन्ने हिसाबले सोचेको हो । प्रहरीलाई कारबाही गरेको होइन नियमित सुरुवा गर्ने आधारमा गरिएको हो । नियमित सरुवाको प्रक्रियामा भएको हो । प्रहरी निरीक्षकको सरुवा मन्त्रिपरिषद्ले गर्नुपर्ने हुन्छ । त्यही आधारमा भएको हो ।’

उनले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ