arrow

पोखरा आउँदै गरेकाे बस दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
accident-final.jpg

पोखरा । रौतहटको गौरबाट पोखरा आउँदै गरेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत मोतिहारीका ३७ वर्षीय गौरी दास रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीका अनुसार सो दुर्घटनामा ट्रक चालक वीरगन्ज-२३ का ३३ वर्षीय हाकिम मिया, यात्रुहरु सर्लाहीको बरहथवा मिलनचोककी २५ वर्षीया पूजा गुप्ता, भारत सीतामढी रामनगराका ३२ वर्षीय अम्बरनाथ कुमार र भारत विहार मजापुरका ३९ वर्षीयी रीता गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

डीएसपी भण्डारीकाअनुसार ग१ख ८५२४ नम्बरको बस मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं. ६ जलबिरेस्थित रोकी राखेको ना६ख ३२८० नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ