arrow

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा किसान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
kisan-sunar-kaski.jpg

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १०औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी पोखरा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष एवं कास्कीका पूर्वअध्यक्ष हुन् ।

सो समितिको प्रथम उपाध्यक्षमा द्वारिका विश्वकर्मा, द्वितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए । 

मुख्य तीन पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो ।

निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १ सय ७५ मतले विजयी भए । यस्तै, महासचिवमा विमल धमला (नीरबहादुर वि.क) १ सय ५५ मत प्राप्त गर्दै निर्वाचित भए । 

सचिवमा केशरबहादुर वि.क (२ सय) र पृथ्वी विश्वकर्मा (१ सय ६६), कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा (१ सय ८६) र सहकोषाध्यक्षमा दिपक धनुके (१ सय ५७) मतसहित निर्वाचित भए । 

यस्तै, कार्यसमिति सदस्यमा बृद्धिबहादुर विक, भूपेन विक, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर विक, कमलप्रसाद लामिछाने, त्रिलोचन  विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्य कुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भए । 

यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवीकृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए । 

सो अधिवेशनमा महासंघमा आवद्ध ३२ संस्थाका कुल ३ सय ८४ प्रतिनिधि सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ