arrow

आजदेखि तेस्रो शिखर सम्मेलन, अमेरिकी विदेशमन्त्री सोलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
antony-blinken.jpg

काठमाडौँ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन फिलिपिन्ससहित छोटो एसिया भ्रमणका क्रममा पहिलो विश्राममा दक्षिण कोरिया पुगेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा सोमबार सुरु हुने लोकतन्त्रका लागि तेस्रो शिखर सम्मेलनअघि आइतबार दिउँसो ब्लिङ्केन दक्षिण कोरिया पुगेका हुन् । सोलले यो साता सम्मेलनको आयोजना गर्दैछ । 

सोल पुग्नुअघि विदेशमन्त्री ब्लिङ्केन बहराइनमा केहीबेर रोकिए । त्यहाँ उनले गाजामा युद्धविराम हासिल गर्ने प्रयासबारे राजा हमद बिन इसा अल-खलिफासँग कुराकानी गरे । 

सोमबारदेखि बुधबारसम्म चल्ने शिखर सम्मेलनमा सरकारी अधिकारी, गैरसरकारी सङ्गठनहरू र नागरिक समाजका सदस्यहरू भेला हुनेछन् । 

सोल वासिङ्टनको प्रमुख क्षेत्रीय सहयोगीमध्येको एक हो । अमेरिकाले आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध सुरक्षामा सहयोग गर्नका लागि दक्षिण कोरियामा करिब २७ हजार अमेरिकी सैनिकलाई तैनाथ गरेको छ । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले वासिङ्टनसँगको सम्बन्धलाई बढावा दिएका छन् र प्योङयाङको धम्कीहरूविरुद्ध अझ राम्रो सुरक्षाका लागि पूर्वऔपनिवेशिक शक्ति जापानसँग ऐतिहासिक शत्रुतालाई समाप्त गर्न माग गरेका छन् । 

ब्लिङ्केनले दक्षिण कोरियाली विदेशमन्त्री चो ताए-युलसँग भेटवार्ता गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । वासिङ्टन र सोलले उत्तर कोरियाविरुद्ध आफ्नो कथित ‘विस्तारित प्रतिरोध’ मा सुधारको खोजी गरिरहेकाले भेटमा द्विपक्षीय गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारेमा चर्चा हुने बताइएको छ । 

लोकतन्त्र शिखर सम्मेलनले छनोट गर्ने निमन्त्रणा सूचीका कारण केही आलोचनालाई आकर्षित गरेको छ । निमन्त्रणा सूचीमा थाइल्यान्ड र टर्कीएजस्ता स्वयंलाई लोकतान्त्रिक मान्ने मुलुकलाई समावेश गरिएको छैन । 

विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार सोलपछि ब्लिङ्केन मनिलाका जानेछन्। ‘भ्रमणले फिलिपिन्स सहयोगीप्रति हाम्रो अटल प्रतिबद्धता’ पुष्टि हुने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ