arrow

जीप दुर्घटनामा चालकसहित दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
Myagdi-hamrakura.jpeg

म्याग्दी । म्याग्दीमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ५ पाउद्वारका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं. ५ पाउद्वार गाउँ जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप सोही गाउँको नेपाने भन्नेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार जीप सडकदेखि करिब ५० मिटर तल खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ