- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रे । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
सामुदायिक स्कुल पनौती नगरपालिका ४ को आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ९६२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये ६५ जनाको ईसीजी, १२१ जनाको ल्याब परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको थियो ।
त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने २९ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।