arrow

जाउलेपानीमा बस दुर्घटनाः आठ जनाको मृत्यु, २४ घाइतेमध्ये केही गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
accident-final.jpg
तस्बिर – फाइल ।

पोखरा । बागलुङमा साँझ ५ बजे यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र चार महिला हुन् ।

सो दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि इलाका स्वास्थ्य चौकी बुर्तिवाङ लगिएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।

रुकुमपूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेशको ०१–००६–ख–३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ जाउलेपानीमा दुर्घटना भएको हो ।

गाउँपालिका अध्यक्ष घर्तीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । 

उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ