चितवन । चितवनको दासढुंगामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डको दासढुंगामा ना५ख ७६४ नम्बरको ट्रक र ना५५प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।