arrow

पन्ध्र अंकले घट्यो शेयर बजार, माछापुच्छ्रे बैंकले उचाल्यो कारोबार रकम

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजार परिसूचक बिहीबार १५ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार बजारमा १५.३७ अंकको गिरावट आउँदा परिसूचक २०४८.५७ अंकमा झरेको हो । 

बिहीबार बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार बजारमा कारोबार भएकामध्ये १८७ वटा कम्पनीको मूल्य बढेको, ४९ वटाको घटेको छ भने ८ वटाको मूल्य स्थिर छ । 

बिहीबार बजारमा व्यापारमुलक बाहेक सबै सूचक तथा उपसूचकहरु घटेका छन् । बजारमा गिरावटका बाबजुद बिहीबार धौलागिरी लघुवित्त र सर्वोत्तम सिमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यसमेत ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

बिहीबार बजारमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर सर्वाधिक १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

उक्त बैंकको कारोबार रकम बजारको कुल कारोबारको एक चौथाइ भन्दा बढी हो । यही कारणले बिहीबारको कारोबारमा उत्साह देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ