arrow

माछापुच्छ्रे बैंकबाट सुदूरपश्चिमको शैलेश्वरी उच्च माविमा आठ शौचालय निर्माण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
machhapuchhre-80-12-08.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं ६ बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालय विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । 

उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि माछापुच्छ्रे बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानीय निकायहरुसँग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराए । 

उनले भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै सोही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ