arrow

आईपीएलमा साविक विजेता चेन्नईको विजयी शुरुआत, शनिबार दुई खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
ipl-2024-chennai-bangalore.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ संस्करण शुक्रबारदेखि शुरु भएको छ ।  १० टिम सहभागी आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

साविक विजेता चेन्नईले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्यो । 

पाँच पटकको च्याम्पियन चेन्नईले १७४ रनको चुनौती १८ं४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । 

रचिन रविन्द्रले १५ बलमा ३७, शिवम दुबेले २८ बलमा अविजित रहँदै ३४, अजिन्क्या रहानेले १९ बलमा २७ तथा रविन्द्र जडेजाले १७ बलमा अविजित रहँदै २५ रन बनाए । 

यही सिजनदेखि कप्तानी छाडेका महेन्द्र सिंह धोनी भने ब्याटिङमा उत्रेनन् । बेंगलुरूका लागि क्यामरन ग्रीनले २ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बेंगलुरूले ६ विकेटको क्षतिमा १७३ रन बनायो । ७८ रन जोड्दा ५ विकेट गुमाइसकेको बेंगलुरूका लागि छैटौँ विकेटका लागि ९५ रनको साझेदारी गर्ने क्रममा अनुज रावतले २५ बलमा ४८ तथा दिनेश कार्तिकले २६ बलमा अविजित रहँदै ३८ रन बनाए । कप्तान फाफ दु प्लेसिसले २३ बलमा ३५ तथा विराट कोहलीले २० बलमा २१ रन बनाए । ४ विकेट लिएका मुस्तफिजुर रहमान प्लेयर अफ द म्याच भए । 

शनिबार दुई खेल
शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो खेलमा बेलुकी ७ः४५ बजे कोलकाता नाइट राइडर्स र सुनराइजर्स हैदराबाद भिड्दै छन् । 

यसअघि प्रिमियर लिगको उद्घाटन कार्यक्रम भब्य भएको थियो । बलिउड कलाकार र गायकहरुले निकै नै आकर्षण थपेको थियो । 

गायकद्वय एआर रहमान र सोनु निगम तथा बलिउड अभिनेताहरु अक्षय कुमार, टाइगर श्राफले उद्घाटनमा कला प्रस्तुत गरेका थिए । उक्त उद्घाटन एक घण्टासम्म चलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ