arrow

एमालेको मिसनलाई सफल बनाउन नयाँ सत्ता समीकरण - महासचिव पोखरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
shankar-pokhrel-2080.jpg

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गर्नुपरेको बताएका छन् । महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको सङ्कल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने अडान समेत राखे । 

शनिबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा शुरु गरिएको पनि स्पष्ट पारे । महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले त्यसले पार्टीको मिशन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरे ।


उनले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए । मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ