arrow

आईपीएलको दोस्रो खेलमा पञ्जाबसँग दिल्ली पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
ipl-2024-punjab.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ संस्करणको दोस्रो खेलमा पञ्जाब किंग्स विजयी भएको छ । मुलानपुरमा भएको खेलमा शनिबार पञ्जाबले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्यो । 

पञ्जाबले १७५ रनको चुनौती १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । पञ्जाबका लागि साम कुरानले ४७ बलमा ६३ रन बनाए । उनको यो नयाँ संस्करणको पहिलो अर्धशतक हो । त्यस्तै लियाम लिभिङस्टोनले २१ बलमा अविजित रहँदै ३८ रन बनाए । 

कमजोर बलिङ र फिल्डिङ गरेको दिल्लीका लागि खलिल अहमद र कुलदीप यादवले २–२ विकेट लिए । 

यसअघि दिल्लीले पहिले ब्याटिङ गर्दैै ९ विकेटको क्षतिमा १७४ रन बनायो । शाइ होपले २५ बलमा ३३ तथा अबिशेक पोरेलले १० बलमा अविजित रहँदै ३२ रन बनाए । लामो समयपछि मैदानमा उत्रिएका ऋषभ पन्तले १३ बलमा १८ रन बनाए ।  पञ्जाबका अर्षदीप सिंह र हर्षल पटेलले समान २–२ विकेट लिए । 

१० टिम सहभागी आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स विजयी भएको थियो । साविक विजेता चेन्नईले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्यो । 

तेस्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिडेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ