arrow

आईपीएलको तेस्रो खेलमा हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
ipl-2024-kolkatta-haidaraba.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको तेस्रो खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । 

इडेन गार्डेनमा शनिबार राति भएको खेलमा घरेलु टोली कोलकाताले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

चार सय १२ रन भएको निकै नै रोमाञ्चक खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २०८ रन बनायो । 

आन्द्रे रसेलले २५ बलमा अविजित रहँदै ६४ रन बनाए । उनले ७ छक्का तथा ३ चौका हानेका थिए । 

फिल साल्टले ४० बलमा ५४ तथा रामदीप सिंहले १७ बलमा ३५ रन बनाए । टी नटराजनले ३ तथा मायांक मार्कन्डेले २ विकेट लिए । 

जवाफमा हैदराबादले ७ विकेटको क्षतिमा २०४ रन बनाउन सक्यो । हेन्रिच क्लासेनले २९ बलमा ६३ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै अभिशेक शर्माले १९ बलमा ३२ तथा मायांक अग्रवालले २१ बलमा ३२ रन बनाए । 

प्लेयर अफ द म्याच अलराउन्डर रसेलले २ विकेट लिए । त्यस्तै अर्षित रानाले ३ विकेट लिए । 

यसअघिका खेल–
पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई ६ विकेटले हरायो । 

दोस्रो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो । 

आइतबारका खेल–
१० टिम सहभागी आईपीएलमा आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टससँग जयपुरमा खेल्नेछ । 

दोस्रो खेलमा गुजरात टाइटान्सले मुम्बई इन्डियन्ससँग अहमदाबादमा बेलुकी ७ः४५ बजेदेखि खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ