arrow

आईपीएलमा गुजरातको रोमाञ्चक जित, मुम्बई ६ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
ipl-2024-mumbai-gujrat-.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पाँचौँ खेलमा गुजरात टाइटान्स विजयी भएको छ । 

गुजरातले घरेलु अहमदाबादको मैदानमा भएको खेलमा मुम्बई इन्डियनमाथि रोमाञ्चक ६ रनको जित हासिल गरेको हो । 

१६९ रनको चुनौती लिएर मैदानमा उत्रिएको मुम्बईले ९ विकेटको क्षतिमा १६२ रन बनायो । मुमबईका लागि डेवाल्ड भ्रेभिसले ३८ बलमा ४६ तथा रोहित शर्माले २९ बलमा ४३ रन जोडे पनि त्यसबाहेक ब्याटरहरुले उल्लेख्य भूमिका खेल्न नसकेपछि पराजय भोग्नु पर्यो ।

मुम्बईका नयाँ कप्तान हार्दिक पाण्डेयाले ४ बलमा ११ रन बनाए पनि कप्तानी इनिङ्स नखेलेपछि टिम पराजित भयो । 

गुजरातका लागि मोहित शर्मा, स्पेनसर जोन्सन, अज्मतुल्लाह ओमरजाई र उमेश यादवले समान २–२ विकेट लिए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा १६८ रन बनायो । साइ सुदर्शनले सर्वाधिक ३९ बलमा ४५ रन जोडे । कप्तान शुबमन गिलले २२ बलमा ३१ रन बनाए । 

जसप्रित बुमराहले ३ तथा गेराल्ड कोट्जीले २ विकेट लिए ।  

यसअघिका खेल–
पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई ६ विकेटले हरायो । 

दोस्रो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो । 

तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गर्यो । 

चौथो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले जयपुरमा भएको खेलमा लखनउ सुपर जाइन्टसलाई २० रनले पराजित गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ