arrow

आईपीएलमा आजदेखि दोस्रो चरणका खेल, बेंगलुरू र पञ्जाब भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
ipl-2024-punjab.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आजदेखि दोस्रो चरणका खेल शुरु हुँदैछन् । आज रोयल च्यालेन्जर्स बेंगलुरूले पञ्जाब किंग्ससँग खेल्दैछ । खेल बेंगलुरूको मैदानमा बेलुकी ७ः४५ बजे शुरु हुनेछ । 

पहिलो खेलमा बेंगलुरू चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । पञ्जाबले भने दिल्ली क्यापिटल्सलाई हराएको थियो । 

बेंगलुरू घरेलु मैदानमा जित हासिल गरी अंकको खाता खोल्न चाहन्छ भने पञ्जाब यो खेल जित्दा लगातार दोस्रो जितसहित अंक तालिकको शीर्ष स्थानमा पुग्न चाहन्छ । 

पहिलो चरणमा राजस्थान रोयल्स, चेन्नई, पञ्जाब, गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्स विजयी हुँदा बेंगलुरू, सनराइजर्स हैदराबाद, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस पराजित भए । 

यसअघिका खेल–
पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई ६ विकेटले हरायो । 

दोस्रो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो । 

तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गर्यो । 

चौथो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले जयपुरमा भएको खेलमा लखनउ सुपर जाइन्टसलाई २० रनले पराजित गरेको हो । 

पाँचौँ खेलमा गुजरात टाइटान्स विजयी भएको छ । गुजरातले घरेलु अहमदाबादको मैदानमा भएको खेलमा मुम्बई इन्डियनमाथि रोमाञ्चक ६ रनको जित हासिल गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ