- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेस सांसदले संसदीय समितिमा पनि गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् ।
काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारी ठगीमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै राजीनामा मागेका हुन् ।
सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोही हुँदैन भन्ने देखाउन आग्रह गरे।
यसअघि कांग्रेसले प्रतिनिधि सभामा पनि गृहमन्त्रीको राजीनामा माग गरेको थियो ।