arrow

राजनीतिक दलहरूका लागि सत्ता नै सबैथोक भयो- प्रदीप पौडेल [भिडियो]

सरकार जबाफदेही बनेको छ की छैन, त्यो मुख्य सवाल हुनुपर्ने हो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
pradeep-poudel-12-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण हुने गरेको बताएका छन् । उनले अहिले राजनीतिक दलहरूका लागि सत्ता नै सबैथोक हुने गरेको उल्लेख गरे । उनले नयाँ राजनीतिक दल वा पुराना राजनीतिक दलहरू सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गरे । उनले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरू मानव अधिकार उल्लङ्घन गर्न पनि तयार हुने गरेको बताए । उनले सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढङ्गबाट कुराहरू उठाउन सक्ने बताए । उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको बताए ।

उनले भने, ‘अहिले नागरिक आन्दोलन कमजोर भएको छ । नागरिक आन्दोलन नै छैन । त्यसैले राजनीतिक दल सत्तामा जान्छ, सत्तामा गएपछि विपक्षमा हुँदा जे कुरा गर्दथ्यो, सत्तामा गएपछि फरक कुरा गर्दछ । राजनीतिक दलका लागि विशेष गरी नेपालको परिवेशमा सत्ता मात्रै उसको सबैथोक भयो । नयाँ भन्नुस्, पुराना भन्नुस्, सबै दलको मुख्य विषय नै सत्ता भयो । त्यसैले सत्ता प्राप्तिका निम्ति मानव अधिकार उल्लङ्घन गर्न पनि तयार, लोकतान्त्रिक मूल्य, मान्यतालाई परित्याग गर्न पनि तयार छ, उसको दर्शन मान्यतालाई छोड्न पनि तयार छ । एकदमै धेरै सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढङ्गबाट कुराहरू उठाउन सक्छ ।’

सांसद पौडेलले संसद्को चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कुरा मात्रै लोकतन्त्र नभएको बताए । उनले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जबाफदेही बन्नु लोकतन्त्र भएको बताए । उनले सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर रहेको बताए । उनले आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को विडम्बना भएको बताए । सांसद पौडेलले कानूनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको आरोप लगाए ।

उनले भने, ‘लोकतन्त्र भनेको खालि संसद्को चुनाव गर्ने, त्यहाँ बहुमत सङ्ख्या जुटाएर प्रधानमन्त्री बन्ने मात्रै होइन । लोकतन्त्रको मानक के हो ? भन्दा राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गरेको छ की छैन, सरकार जबाफदेही बनेको छ की छैन, त्यो मुख्य सवाल हो । त्यससँग जोडेर हेर्दा सुशासनको स्थिति पहिलाको भन्दा अहिले खस्किएको अवस्था छ । आम मानिसको न्यायमा पहुँच पुग्न सकेको स्थिति छैन । न्यायधरी पहुँचले प्राप्त हुने स्थिति भइसकेपछि त्यो भन्दा गम्भीर समस्या अरू के हुन्छ ? न्यायका आफ्नै सिद्धान्त हुन्छन् । न्यायलाई त कानूनले सुनिश्चित गरेको हुन्छ,हामीले त विधिको शासन निर्माण गर्न खोजेको हो नि । विधिको शासन स्थापित गर्न चाहने हामीले पहुँच पुगे मात्रै आफ्ना निम्ति प्राप्त हुने स्थिति छ, त्यो मानव अधिकारको पक्षबाट गम्भीर त्रुटि हो । यो देश ट्रस्टीबाट चलेको छ । कोही त्यो ट्रस्टी भित्र छिर्छ, कोही निस्किन्छ, निश्चित ट्रस्टीले मनपरी ढङ्गबाट देश चलाइरहेको स्थिति छ । यो त सिन्डिकेट भयो । देश त कानूनले चलाउनुपर्‍यो नि । संविधानबाट चल्नुपर्छ । केही मानिसहरूबाट चलाएर हुन्छ ?’

उनले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगे मात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ