arrow

बोलेरो दुर्घटना हुँदा मुगुमा दुई जनाको मृत्यु, चार घाइते 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० चैत १४ बुधबार
accident-final.jpg
तस्बिर – फाइल ।

मुगु । जिल्ला सदरमुकाम गमगढीदेखी सोरु गाउपालिका केन्द्र सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

बुधबार अपरान्ह ४ बजेतिर कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिका(६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना हुँदा जिपमा सवार रहेका चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चालक कविराज नेपाली र नाम पहिचान नभैसकेकी एक जना महिला रहेकी छ्न् । 

घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हिरादिङ्ग नेपाली र प्रेम नेपाली रहेका छ्न् । घाइते मध्री मन्जने नेपालीको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ ।

घाइते चारमध्ये सामान्य घाइते रहेका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारको लागि प्रहरीले उद्दार गरी मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जिप सडक भन्दा अन्दाजी एक सय मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ