arrow

हुम्लामा पुग्यो पोषणयुक्त चामल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
humla-1620220975.jpg

काठमाडौँ । हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल पुगेको छ । पैदल र हवाइमार्गबाट ल्याइएको  चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताए । 

 खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । 

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकरी दिए । 

चामलमा आठ प्रकारका पौष्टिक तत्व मिसाइएको छ ।  
  
 यसैबीच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए । 

पौष्टिक तत्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ