arrow

फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ - प्रधानन्यायाधीश [भिडियो]

फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
bishwamber-shrestha-12-16.jpg

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताएका छन् । शुक्रबार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौती र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताए । 

उनले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको प्रमुख दायित्व भएको पनि बताए । उनले यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहने बताए । उनले फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्ने बताए । 

उनले फौजदारी न्याय प्रणाली विभिन्न निकायहरूको विनियोजन मात्रै नभई सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि भएको दाबी गर्नुभयो । उनले फौजदारी न्यायका महत्त्वपूर्ण स्तम्भका रूपमा कानून कार्यान्वयन, न्याय निरूपण तथा सुधार र पुनः स्थापनासँग सम्बन्धित निकायहरू रहने र ती निकायहरूको क्रियाशीलता, प्रभावकारिता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्ने बताए । 

प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रशासनका महत्त्वपूर्ण आयामहरू अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरूपणसँग सम्बन्धित निकायहरूको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिने बताए ।

उनले भने, ‘फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ हो । फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन । समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको प्रमुख दायित्व हो । यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहन्छ । फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्दछ । त्यसैले फौजदारी न्यायको स्तरोन्नतिका लागि यस किसिमका छलफल वा परामर्श हुनु उपयुक्त र सान्दर्भिक हुन्छ । फौजदारी न्याय प्रणालीका विभिन्न पक्ष वा अवयवहरु हुन्छन् । ती पक्षहरूको समग्र र तिनीहरू बीचको अन्तरसम्बन्धबाट नै फौजदारी न्याय प्रणालीले स्वरूप प्राप्त गर्ने हो । तथापि फौजदारी न्याय प्रणाली विभिन्न निकायहरूको विनियोजन मात्रै होइन । यो सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि हो । फौजदारी न्यायका महत्त्वपूर्ण स्तम्भका रूपमा कानून कार्यान्वयन, न्याय निरूपण तथा सुधार र पुनः स्थापनासँग सम्बन्धित निकायहरू रहन्छन् । ती निकायहरूको क्रियाशीलता, प्रभावकारिता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्दछ । फौजदारी न्याय प्रशासनका महत्त्वपूर्ण आयामहरू अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरूपणसँग सम्बन्धित निकायहरूको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिँदैन ।’

फौजदारी न्याय प्रणाली र प्रशासनको क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताए । उनले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीका आधारशिला भएकाले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ठ अभियोजनले नै फौजदारी न्यायलाई सही गन्तव्य प्रदान गर्ने बताए । सर्वोच्च अदालतले फौजदारी न्याय प्रणालीको सुदृढीकरणको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ