arrow

प्रधानन्यायाधीशको प्रश्न - अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
biswambarprasad-new.jpg

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन् । कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाई थियो । 

नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गरे । 

उनले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे । त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरे । 

न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए ।

उनले भने, ‘मेरो सुरुवात ट्रेड युनियनबाट भएको होइन । मलाई थाहा छैन । मलाई हामी सबै एउटा कर्मचारी जस्तो लाग्थ्यो क्या । तर पछि पछि मैले के बुझेँ भने यो केन्द्रिय ट्रेड युनियन, यता ट्रेड युनियन, कता ट्रेड युनियन छुट्टाछुट्टै विभागीय ट्रेड युनियन । अब प्रधानन्यायाधीशले कति ठाउँको ट्रेड युनियनमा जाने ? त्यो अलि उपयुक्त होइन कि भन्ने मेरो बुझाई । फेरि मैले वास्तवमा यो पुस्तक त हाम्रै कर्मचारी साथीहरुले प्रकाशन गर्न लागेको भन्ने बुझाई भइदिएको भए, त्यस किसिमले सल्लाहहरु मलाई आईदिएको भए सायद मेरो पनि केही न केही दुई शब्द म पनि लेख्थे हुँला । यस्तो खालको भ्रम सायद मेरै ज्ञानको कमीले होला । मैले तपाईहरुलाई भनिसके कि म ट्रेड युनियनमा कहिल्यै पनि आवद्ध भएको छैन । त्यो लाईनमा हामी कहिल्यै पनि भएनौं । कानूनले नै दिएन हामीलाई उस बखत । अव ४३ वर्ष पुग्न लागेछ हाम्रो पनि । त्यस बखत थिएन । तर जे भएपनि अन्तिममा आज यो महत्वपूर्ण दिनमा यो पुस्तकको लोकर्पण गर्न पाएकोमा म साह्रै हर्षित छु । गौरवान्वित छु । वास्तवमा यो धेरै नै उपयोगी हुने रहेछ । सबैको लागि उपयोगी होस भन्ने चाहना राखेर तपाईहरुले प्रकाशन गर्र्नु भएको रहेछ । अब म के चाहन्छु भने–यो पुस्तकको प्रकाशन त गर्नु भयो । तर यो पुस्तकको प्रयोग कसरी व्यापक बनाउन सक्ने, यो पुस्तकको सबैले अध्ययन गर्ने वातवरण तपाईहरुले कसरी बनाउन सक्नु हुन्छ ? यो अलि चिन्ताको विषय हो जस्तो लाग्छ मलाई । यो पुस्तकको प्रयोग र कार्यान्वयनमा आयो भने न यो पुस्तकको महत्व होला । नभएको यसको सञ्चय गरेर राखेर त के फाईदा होला ? जस्तो मलाई लाग्दछ । यो पुस्तकमा भएका लेख, रचनाहरुले के न्यायकर्मी, के कर्मचारीहरु, के सम्पूर्ण न्यायसँग सम्बन्धित क्षेत्रमा जान्न चाहने जिज्ञासुहरुका लागि यसले कुनै न कुनै रुपमा मद्दत गर्नसक्छ । मद्दत गर्छ । आफ्नो ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ला जस्तो मैले बुझेँ । यस्ता खालका नयाँनयाँ सृजनशील कामहरु, रचनात्मक कामहरु, यो पछिसम्म रहिरहने, सबैले अनुसन्धानका लागि, अध्ययनका लागि के विद्यार्थी, के न्यायकर्मी, सबैको लागि सधैधरी रहिरहने दस्ताबेज भएको हुनाले यसको महत्व ज्याँदैछ । हामी आफैँले प्रकाशन ग¥यौं तर आफूले कति हे¥यौं, कति हेर्न उत्प्रेरित ग¥यौं ? सबैले यसको उपयोगिता, यसलाई उपयोग गरेर, प्रयोग गरेर हेर्ने बानी बसाल्यौ भने सायद हामी कर्मचारी साथीहरुले पनि अब आफ्नो वृद्धि विकास त छदैछ । ज्ञान उपार्जन त छँदैछ । न्याय पालिकालाई पनि केही टेवा दिन सकिन्छ कि, बेञ्चमा पनि केही सहयोग गर्न सकिन्छ कि ? आदि इत्यादिका लागि यसलाई पनि हामीले ध्यान दिनुपर्ने कुरा छ । अर्थात म न्यायिक नेतृत्वमा आएको अर्थात म प्रधानन्यायाधीश सबै न्यायपालिकाका साथीहरु मेरा लागि समान हुन्छन् । अझ कर्मचारी साथीहरुत सबैलाई मैले समान व्यवहार गर्नुपर्छ । त्यो मेरो कर्तव्य नै हो । म कसैलाई पनि आफ्नोतिर ढल्किने, अरुलाई नहेर्ने मेरो बानी छैन । कारण के भने म धेरै तलदेखि काम गर्दै आएको व्यक्ति हुँ । त्यसैले मैले सबैको मर्का बुझेको छु । त्यसैले म तपाई साथीहरुसँग के आशा गर्छु भने–विगतमा दिनमा जे भयो, भयो । अबका दिनमा यस किसिमको खाडल पर्न दिन्न, पार्न पनि हुँदैन । त्यो मलाई थाहा छ । तपाई कर्मचारी साथीहरुले गर्दा नै अहिले गतिमा हिँड्दैछ न्यायालय । अहिले कसैले हामीलाई औंला ठडयाउन सकेको छ र ? हामी सबै एकजुट भएर हिँडेका छौ नि । कर्मचारी, न्यायाधीश सबै ल गरौँ भनेर होष्टेमा हैैसे पार्नुभएको छ । तपाईहरुको ठूलो योगदान छ । सबै कर्मचारी साथीहरुको योगदान छ । त्यसलाई म आदर, सम्मान गर्छु । र, जुन काम तपाईहरुले गर्नुभएको छ । यदि त्यो न्यायसँग सम्बन्धित छ । कानूनसँग सम्बन्धित छ । त्योदेखि बाहेक म जान मिल्दैन । तपाईले यति कुरा बुझिदिनुस् मेरो । त्यस्तो छ भने मसँग आउनुस् । म त्यो काममा तपाईहरुले सधै सहयोग र साथ दिन्छु ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ