arrow

सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
biswambhar-shrestha-chief-justic.jpg

धुलिखेल । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन् ।

 नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए ।

सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री वातावरण बनाउन आफू लागिपरेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गरे । 

जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आफू प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्फ्रेन्समार्फत बहस गर्न सक्ने प्रविधि स्थापना गर्ने प्रयास भइरहेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले एकअर्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गरे । 

विशेष अदालत बारका अध्यक्ष अधिवक्ता चुडामणि पौडेलले नेपाल बार एशोसिएसन के गर्दैछ र के गर्न जरुरी छ भनेर समीक्षा गर्न आवश्यक जरुरी रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ