arrow

कास्की जीप दुर्घटनामा दुई जनाको मृत्यु, घाइते नौमध्ये चार गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
jeep-accident-kaski.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेस्थित थामडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

घाइते हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षका धनराज सुनार, सोही ठाउँका ७ वर्षका बालक आरुष विक, वर्ष ४१ का राजकुमार विक, ५० वर्षकी देउमाया केसी छन् ।

यसैगरी पोखरा-३३ खोलाखेतका ५८ वर्षका लक्ष्मण कामी, कार्कीतगराका ५० वर्षका लक्ष्मण सुनार, अन्नपूर्ण-५ सल्यानका ३३ वर्षका प्रकाश सुनार, वर्ष १४ की सोविसा सुनार, वर्ष २ का सुप्रिम सुनार दुर्घटनामा घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज दिउसो पोखराको हरिचोकबाट भदौरे जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप दिउसो ३ः३० बजे भदौरेस्थित थामडाँडामा दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब १०० मिटर तल खसेको वडाध्यक्ष आइन्दल गुरुंगले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ