arrow

घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध मुद्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
special-court.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । 

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसूर अनुसार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ