arrow

स्कूल बसको ठक्करबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
accident-final.jpg

पोखरा । नवलपुरको गैंडाकोटमा नगरपालिका-५ मा स्कूल बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा पर्वत फलेवास नगरपालिका वडा नं. ४ घर भै हाल हाल भरतपुर महानगरपालिका वडा नं. २१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेल रहेकी छन् ।

यस्तै, घाइते हुनेमा स्कुटर चालक गैंडाकोट नगरपालिका वडा नं. ५ बस्ने २० बर्षीया आशिका सापकोटा छन् । उनको अवस्था गम्भीर रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना४ख १०४१ नम्बरको बसले पौडेल सवार बा९३प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । बस र चालक प्रहरीले प्रहरी नियन्त्रणमा रहेको बताइन्छ ।



लोकप्रिय समाचार
नयाँ