arrow

म्याग्दीमा बस दुर्घटना, २७ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
accident 2.jpg

पोखरा । म्याग्दीमा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा ल्याइएको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अन्य २३ जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।

बेनीबाट घोडेपानीका लागि छुटेका ग१ख ५६५५ नम्बरकोे बस बेनी नगरपालिका वडा नं. ८ बेनी-गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वर नजिकै दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ