arrow

ओली निकट बारामा पछारिए, अध्यानन्द बने जिल्ला अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
kp-oli-11-08.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट बारामा पछारिएका छन् । बारामा ओलीले समर्थन गरेका अध्यक्षका उम्मेदवार पराजित भएका हुन् ।  

बारामा ओली निकट मानिने उम्मेदवार टिना सुवेदी पराजित भएकी छन् । बाराको जिल्ला अध्यक्षमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले समर्थन गरेका अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । 

पाण्डेयले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिस्पर्धी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिइन् । 

बारामा ओलीनिकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साह उम्मेदवार टिना सुवेदीको पक्षमा थिए । टीना पोलिटब्युरो सदस्य मैनालीकी श्रीमती हुन् ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए । 

यता सचिव पदमा भने ओली निकट उम्मेदवारले जितेका छन् । उम्मेदवार अमृत शर्मा बजगाईँ (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान् हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ