arrow

काँग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौँ : रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
santos-pariyar-rasapa.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेसले राखेको माग अस्वीकार गरेको छ। सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै काँग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरूले अस्वीकार गर्ने बताए।

परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने दाबी गरे।

सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यस अघि नै पेस गरेको बताउँदै गृहमन्त्रीमाथि समिति बनाएर कारबाही गर्ने विषय मात्र सहकारी समस्याको समाधान नभएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ