नेपालले वेष्ट इन्डिजसँग घरेलु मैदानमा विश्वकपका लागि तयारी गर्दै
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
776
Shares
काठमाडौँ । वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी–२० खेल्ने छ ।
यो टी–२० श्रृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस श्रृंखलालाई टी–२० विश्वकपको तयारीका लागि खेल्ने छ ।
हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।