arrow

अन्तिम दुई ओभरमा ३७ रन जोड्दै गुजरातले हरायो राजस्थानलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
ipl-2024-gt-rr-bcci.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० अन्तर्गत गुजरात टाइटान्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम २ ओभरमा ३७ रनको आवश्यकता भएकामा उक्त लक्ष्य गुजरातले थप एक विकेट गुमाएर पूरा गरेको हो । 

प्लेयर अफ द म्याच रशिद खानले ११ बलमा अविजित रहँदै २४ रन बनाए । उनले १ विकेटसमेत लिएका थिए । गुजरातका कप्तान शुबमन गिलले ४४ बलमा ७२ रन बनाए । 

यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दैै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो । रियान परागले ४८ बलमा ७६ तथा कप्तान सन्जु सामसनले ३८ बलमा अविजित रहँदै ६८ रन बनाएका थिए । 

जारी आईपीएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अंकसहित छैटौँ स्थानमा रहेको छ ।


 



नयाँ