arrow

लखनउमाथि दिल्लीको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
delhi-capitals-2024.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।

दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्वाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषभ पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

दिल्लीका लागि प्लेयर अफ द म्याच कुलदीप यादवले २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए ।

यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । दिल्लीले ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।

जितसँगै दिल्लीले पछिल्लो स्थान छाडेको छ । रोयल च्यालेन्जर्स बैंगलुरू २ अंकसहित पुछारमा छ । राजस्थान ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । 

आज राजस्थान र पञ्जाब किंग्स बेलुकी ७ः४५ बजेदेखि खेल्नेछन् ।



लोकप्रिय समाचार
नयाँ