arrow

रोहितको शतक खेर, मुम्बई चेन्नईसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
iipl-2024-mi-csk-rohit-dhon.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले ६३ बलमा अविजित रहँदै १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन् । त्यस्तै चेन्नईलाई जित दिलाउने क्रममा प्लेय अफ द म्याच मथिसा पाथिरानाले सर्र्वाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा अविजित रहँदै २० रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यो चौथो हार हो । ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अंक रहेको छ ।

आजको खेल
आज एउटामात्र खेल हुँदैछ । पुछारमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरू र सनराइजर्स हैदराबाद बेलुकी ७ः४५ बजे भिड्ने छन् । 



नयाँ