arrow

अर्थमन्त्री पुन वासिङ्टन डीसीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
barsaman-pun-12-08.jpg

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त  बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वासिङ्टन डीसी आइपुगेका छन् ।  

मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गरे । 

भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत छन् । 

यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका  चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा  परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा  परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाइ सम्बोधन गर्ने कार्यक्रम पनि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ