arrow

सोडारीलाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउँदै एस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
dirghabahadur-sodari-ncp-as.jpg

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई  उम्मेदवार बनाउने निर्णय गरेको छ । 

नेकपा एमालेले उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई नै मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। गठबन्धनमा देखिएका समस्याका बारेमा पनि छलफल भएको र आफ्नो पार्टीलाई अवमूल्यन गर्ने गतिविधिबिरुद्ध तत्काल प्रतिवाद गर्ने निर्णय गरेको बताए । 

एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । 

मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ