arrow

दिल्लीको गुजरातमाथि कीर्तिमानी जित, पन्तले देखाए कमाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
ipl-2024-delhi-capitals-z.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो । 

गुजरातले दिएको ९० रनको लक्ष्य पछ्याएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । दिल्लीका लागि जेक फ्रेसर म्याक कुरले सर्वाधिक २० रन बनाए । 

यसअघि गुजरातले १७.३ ओभरमा अलआउट हुँँदै केवल ८९ रन बनाएको थियो । रासिद खानले सर्वाधिक ३१ रन बनाए । यो गुजरातको अहिलेसम्मकै कम योगफल हो । मुकेश कुमारले ३ तथा इशान्त शर्मा र ट्रिस्टन स्टब्सले समान २–२ विकेट लिए । 

११ बलमा अविजित रहँदै १६ रन बनाउनुका साथै २ क्याच र दुई स्टम्पिङ गरेका दिल्लीका कप्तान ऋषभ पन्त प्लेयर अफ द म्याच भए । उनले एकै खेलमा ४ जनालाई आउट गर्ने कीर्तिमानसमेतको दिनेश कार्तिकको बराबरी गरेका छन् । कार्तिकले राजस्थान रोयल्स विरुद्ध सन् २००९ मा ४ जनालाई आउट गरेका थिए । 

यो यस सिजनको आईपीएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो । दिल्लीको अहिलेसम्मकै कम बलमा हासिल गर।ेको पहिलो जित हो । गुजरातले बनाएको यो सबैभन्दा कम योगफल हो । 

यो जितपछि दिल्ली अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ । 

त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छन् ।

आज मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दै छन् । बेलुकी ७ः४५ बजे हुने खेल जित्ने टिम पाँचौँ स्थानमा पुग्ने सम्भावना छ । दुवैको समान ४ अंक छ । 



नयाँ