arrow

तरुण दलले आफ्नै भवन बनाउँदै, तीन करोड खर्च हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
tarun-dal-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्नै भवन बनाउने भएको छ । आफ्नै जग्गा भएको स्थान रवि भवनमा आफ्नै भवन बनाउन लागेको केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलले बताए । 

उनका अनुसार अहिलेसम्म भवन बनाउनका लागि तरुण दलका २६ केन्द्रीय सदस्यहरुले सहयोग गरेका छन् । अहिलेसम्म ५२ लाख १७ हजार १०२ रुपैयाँ संकलन भइसकेको छ । 

करिब तीन करोड रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको उक्त भवन एक वर्षभित्रै सक्ने लक्ष्य लिइएको छ । 

भवन बनाउन जेठको अन्तिम साताबाट शुरु गर्ने तयारी भएको केन्द्रीय सदस्य पोखरेलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ