- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १ को ओम स्कुलाम कम्युनिकेशन नेपालले आयोजना गरेकोे निःशुल्क स्वास्थ्य शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये ४५ जनाको ईसीजी, ८९ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको थियो ।
त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने ३२ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।